नियम ५८
बिदा माग गर्ने विधि
(१) बिदाको निकासाको निमित्त कर्मचारीले आफूलाई चाहिएको
बिदाको अवधि, कारण र विदेश जानु पर्ने भए सो समेत खोली अनुसूची–१५ बमोजिमको
ढाँचामा आफ्नो कार्यालय मार्फत बिदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ र
बिदा दिने अधिकारीले पनि बिदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई
दिनु पर्नेछ ।
(२) देहायका कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निजले निवेदनको
मिति भन्दा अगाडी देखिको मितिबाट बिदा स्वीकृत गर्न सक्नेछ ः-
(क) बिदा दिने अधिकारीको पूर्व स्वीकृति लिन सम्भव थिएन भन्ने,
(ख) पूर्व स्वीकृति प्राप्तिको लागि निवेदकले सकभर प्रयास गरेको
थियो भन्ने ।
(३) अध्ययन बिदाको लागि निवेदन दिंदा अरू कुराको अतिरिक्त मुख्यत देहायका
कुराहरू उल्लेख गर्नु पर्नेछ ः-
(क) आफूले अध्ययन गर्न खोजेको विषयको विवरण,
(ख) अध्ययन गरिने विश्वबिद्यालय, संस्था वा प्रशिक्षण केन्द्रमा प्रवेश
गर्ने स्वीकृति प्राप्त भएको विवरण,
(ग) नेपाल सरकारलाई त्यस्तो बिदाको सम्बन्धमा विचार गर्न
सहायक हुने अन्य आवश्यक विवरण ।